1. जीप सफारीः जीप सफारी स्वदेशि तथा विदेशि पर्यटक माझ बिशेस आकर्षणको रुपमा रहेको सफारी हो। यस सफारीबाट निकुज्जको बिभिन्न ठाउं तथा फरक बन्यजन्तुको बासस्थानको अवलोकन गर्न सकिन्छ अर्थात निकुज्जको घना जंगल र त्यहा भएका बन्यजन्तुको अवलोकन गर्न सकीन्छ। जीप ४ घण्टा देखी १ दिन सम्मको सफारी गर्न सकीन्छ। एउटा जीपमा १० जना सम्म जान सक्नु हुने छ।
आदा दिनको सफारीः सौराहामा तपाइ निकुज्ज भित्र ४ घण्टाको सफारी गर्न सक्नु हुने छ। यो दिन को दुइ पटक बिहान र दिउसोको हुने गर्दछ। यदि तपाइ निम्म बजेटमा हुनुहुन्छ र निकुज्जको सफारी गर्न चाहानु हुन्छ भने, तपाइले दउसोको सफारी गर्नाले सस्तो पर्नजान्छ अर्थात तपाइ एक जना वा २ जना हुनुहुन्छ भने, प्रति व्यक्तिका दरले बुकिंग गरेर जान सक्नु हुन्छ। नेपालीका लागी, प्रवेश शुल्क, गाइड र जीप जम्मा २०००-२५०० सम्म प्रति व्यक्ति लाग्छ। यस सफारीमा तपाइ सौराहाको निकुज्ज प्रवेश गेट बाट सुरु गर्दै, निकुज्जको बिभिन्न ठाउँ घाँसे मैदान, बन, ताततलैया हुदै घडियाल गोहि प्रजनन् केन्द्र पुग्नुहुने छ र २० मिनेट प्रजनन् केन्द्रको अवलोकन गर्दै फेरि लामिताल, तमोरताल लगायत बिभिन्न फरक बन्यजन्तुको बासस्थान अवलोकनगर्दै तपाइको सफारी समाप्त हुने छ। यस सफारिमा प्रतयक जिपमा एक जना गाइड हुनुहुने छ र आवश्यक जानकारि र तपाइका प्रस्न को जवाफ दिनु हुने छ। बिहान वा प्राइवेट जिप सफारी गर्नु भएमा तपाईलाई एउटा जीप र गाइड को रु १८०००-२२००० सम्म लाग्ने छ।
एक दिन को जीप सफारीः यदि तपाइ जंगल, जंगली जनावर र प्रकृतिमा एकदम रमाउनु हुन्छ भने यो सफारि तपाइको लागि राम्रो हुन्छ।यो सफारी बिहान ६ बजे देखि बेलुका शुर्यस्थ सम्म हुन्छ। यो सफारीमा तपाइ निकुज्जको बिभिन्न क्षेत्र सम्म पुग्न सक्नु हुने छ। यो सफारीमा १०० कि.मि भन्दा बढि दुरि पारगर्नु हुने छ।
यो सफारी बिहान ६-७ बजे बाट निकुज्जको प्रवेश गेट सौराहा बाट सुरुहुदै जीपले बिभिन्न घाँसेमैदान तालतलैया हुदै बन्यजन्तुको महत्वपुर्ण बासस्थानहरुमा लैजान्छ। घाँसेमैदानमा मचानहरु छन् र मचानबाट परिदृश्य तथा जनावरहरुको अवलोकनगर्न पाइन्छ। निकुज्ज र बन्यजन्तुको बारेमा आवश्यक जानकारि, योजना तथा सफारीलाई रमाइलो बनाउन नेचर गाइडको प्रमुख भुमिका हुने गर्छ। गाइडले सम्भाबि ठाउँहरुमा जिप रोक्ने तथा कुराउदने गर्दै सफारि अगाडि बड्दै जान्छ। सफारिमा ठाउँ र समय महत्वपुर्ण हुने गर्दछ, यदी सहि समयमा सहि ठाउँमा पुग्नु भयो भने जनावर देख्ने सम्भावना पनि धेरै हुने गर्दछ। सफारीमा निकुज्जको घडियाल गोहि प्रजनन् केन्द्र, तमोर ताल, बिक्रम बाबाकको थान, सुखिभार, लामिताल, मुडा ताल, कामल ताल, देवि ताल, रिऊ नदि क्षेत्र, नारायानि नदि क्षेत्र, राप्ति क्षेत्र, टाइगर टप्स क्षेत्र, टेम्पल टाइगर क्षेत्र लगायत आदि बन्यजन्तुका महत्वपुर्ण ठाउँहरुको अवलोकन गर्नुहुनेछ। त्यस्तै सफारिको मध्यमा निकुज्ज भित्र कुनै अवलोकन मचानमा १ घण्टा खाना खानको लागि रोकिने छ। खाना तपाइ आफैले ल्याउन सक्नु हुनेछ अथवा सम्बन्धित प्याकेजमा पनि उपलब्द हुन्छ। यस सफारिमा पाटे बाघ, गैडा, भालु, गोहि, चित्तल, जरायो, चराचुरुंगि आदि लगायत रमणिय प्रकृतिको अवलोकन गर्नसक्नुहुने छ।
यदि तपाइ दिनभरिको जिप सफारी गर्न चाहनुहुन्छ भने समुहमा आउनु भयो भने सस्तो हुन जान्छ। एउटा जिपमा १० जना को क्षमता हुने भएकाले प्रतीव्यक्ति जम्मा रु ३२०० लाग्छ। यो सफारी दिनको ५ वटा जीप मात्र हुने भएकाले अग्रिम बुकिं गर्नु पर्ने हुन्छ। यस सफारीमा डुङ्गा सफारी पनि जोड्न सकिन्छ।
मध्यवर्ति सामुदायिक वनको सफारीः मध्यवर्ति क्षेत्र चितवन राष्ट्रिय निकुज्जको वरिपरिको क्षेत्र हो, जुन बन्यजन्तु-मानव द्वन्दलाइ न्युनिकरण गर्ने उद्देश्यले राप्ति नदिको उत्तर दिशाको क्षेत्र, नारायाणी नदिको पश्चिम क्षेत्र र रिउ नदिको दक्ष्णि क्षत्रलाइ बुझिन्छ। यहाँ मानव बस्ति र सामुदायिक वन रहेका छन। यो मानविय हिसाबले मात्र न भइ जैविक हिसाबले पनि महत्वपुर्ण क्षेत्र हो, जसको व्यबस्थापन, संरक्षण र उपभोग स्थानिय जनताले गर्दछन्। यो अवधारणाले बन्यजन्तुको संरक्षणमा नेपाललाइ विस्वमा परिचित गराएको छ।
यहाँ बिभिन्न म.सामुदियीक वनमा सफारी गर्न सकिन्छ। कुमरोज, मिलिजुलि, बाघमारा, कुचकुचे, टिकौलि, जन्कौलिलगायतका मध्यवर्ती सामुदायिक वनमा पनि सफारी गर्न सकिन्छ। जुन २-३ घण्टाको हुने गर्दछ।
यो सफारी दिनको कुनै पनि समयमा गर्न सकिन्छ। यस सफारिमा गाउँको बिभन्न साँस्कृतिक द्रिस्यको अवलोकन गर्दै समुदायीक बन भित्र रमणिय बनस्पति तथा दुर्लव बन्यजन्तुक जस्तै एक सिंगे गैडा, बाघ, हरिण, चित्तल, बाँदर, बिभिन्न चराचुरुंगि आदि उनिहरुको प्रकृतिक बासस्थानमा देख्नपाइन्छ।
यो सफारी प्रतिव्यक्ति जम्मा रु १००० प्रतिव्यक्ति पर्ने गर्दछ।
तोकीयको मुल्य अग्रिम बिकिंगमा मात्र लागु हुने छ।
बुकिगंको लागी सम्पर्क गर्नुहोला।